NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौं । एमाले संसदीय दलका नेता हिक्मत कार्की प्रदेश १ का मुख्यमन्त्री चयन भएका छन् ।

कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।

१७ पुसमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम एक साताको समय दिएर मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका
थिए ।

मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा कार्की झापा–५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी एमाले स्थायी समिति सदस्यसमेत हुन् ।

अध्यक्ष केपी ओलीका विश्वासिला पात्र रहेका उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।