घटेपछि कति पुग्यो डिजेल, पेट्रोलको भाउ ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल–मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ) को खुद्रा बिक्री मूल्य घटाएको हो ।
निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७८, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७५ र हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर रु एक सय ९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायम छ ।
प्रधानमन्त्री दाहालले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका थिए । वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ ।
ताजा अपडेट
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
रास्वपा महाधिवेशनमा पहिलोपटक विद्युतीय मतदान, ३ हजार प्रतिनिधि सहभागी हुने
-
महाधिवेशनभन्दा अघि अन्तिम पटक बस्दैछ रास्वपाको केन्द्रीय समिति बैठक


प्रतिक्रिया