NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बलिउड स्टारको ठट्टा, जब अजयले हलुवा भनेर खुर्सानीको धुलो खुवाए

फोन कब्जामा लिएर बच्चनले पठाए विवाह प्रस्ताव

काठमाडौं । साधारण मानिस होस् वा बलिउड स्टार, हरेक दिन एउटै काम गर्न सबैलाई बोरिङ हुन्छ। यस्तो अवस्थामा मानिसहरु हाँसो र ठट्टालाई प्रवेश गराएर कामलाई रमाइलो बनाउन खोज्छन् ।

फिल्मको सुटिङ हेर्ने हो भने पनि यो काममा दिनहुँ संलग्न हुनेलाई दिक्क लाग्न थाल्छ । यस्तो अवस्थामा धेरै पटक सेटमा हाँसो र रमाइलोको माहोल बनाइन्छ, जसले गर्दा त्यसमा आबद्ध मानिसहरूलाई काम अघि बढाउन दिक्दारीपनले छोप्दैन ।

बलिउडमा यस्ता केही स्टार छन् जो हाँसो र ठट्टा गरेर सुटिङलाई सधैं रमाइलो पारिरहन्छन् ।

अजय देवगन

यो लिस्टमा पहिलो नाम अजय देवगनको छ । अजय हेर्दा निकै शान्त छन् तर सेटमा ठट्टाका लागि उनलाई कसैले भ्याउँदैन । देवगनले धेरै पटक जोक गरेर टोलीलाई चकित पारेका छन् । एक पटक उनले गाँजरको हलुवा भनेर आफ्ना एक सहकर्मीलाई खुर्सानीको धुलो खुवाएका थिए ।

आमिर खान

आमिर खानलाई फिल्म उद्योगमा मिस्टर परफेक्शनिस्ट भनिन्छ । आमिरले अहिलेसम्म धेरै सुपरहिट फिल्ममा गम्भीर भूमिका निभाइसकेका छन् । तर सेटमा रमाइलो गर्न उनी पछि हट्दैनन् ।

‘अंदाज अपना अपना’ को सुटिङका ​​क्रममा उनले अभिनेत्री रविना टण्डनको अनुहारमा कफी फालेको नाटक गरे, रविना यो मजाकबाट निकै डराएकी थिइन् ।

पछि दंगलको सुटिङका ​​क्रममा उनले फातिमा सना शेखसँग पनि यस्तै ठट्टा गरेका थिए ।

अक्षय कुमार

फिल्मसँगै अक्षय रियल लाइफमा पनि धेरै ठट्टा गर्छन् । प्रायः सेटमा मानिसहरूसँग ठट्टा गर्ने उनको बानीबारे अभिनेत्री हुमा कुरैशीले खुलासा गरेकी छिन् । उनका अनुसार, अक्षयले प्रायः मानिसको फोन नियन्त्रणमा लिएर कसैलाई विवाहको प्रस्ताव पठाउने गरेका छन् ।

अभिषेक बच्चन

अभिषेक बच्चन लामो समयदेखि फिल्ममा काम गरिरहेका छन् । उनी सुटिङ सेटमा ठट्टा गर्न पनि उत्तिकै परिचित छन्।

उनको एउटा किस्सा निकै चर्चित छ । एक पटक उनले फराह खानको फोन लिए । यसरी फोन कब्जामा लिएका उनले फराहको ट्विटरमा गएर आफ्नो बारेमा राम्रा कुरा ट्वीट गरिदिए ।