NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पोथी गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैँडा मृतावस्थामा फेला परेको छ । यस क्षेत्रअन्तर्गत कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको हो ।

गैँडा मृतावस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।

गैँडा बूढो भएर मरेको उनले जानकारी दिए । निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षमा सातवटा गैँडा मरेका छन् ।