NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चिसोमा दहीले फाइदा गर्छ कि हानी ?  

काठमाडौं । सामान्यतया हामी दहीको सेवन गर्मीमा बढी गछौं । जाडोमा यसको प्रयोगले रुघाखोकी तथा चिसो लाग्ने हुन्छ भन्ने भनाइले हामी यसको जाडो त्यति खान रुचाउँदैनौं तर दहीमा हुने ब्याक्टेरिया पाचनका लागि निकै फाइदाजनक मानिन्छ ।

यसकाे सेवन जाडाे महिनामा पनि लाभदायिक नै हुन्छ । गर्मीमा भन्दा जाडाेमा भने दही दिउँसोको समयमा खानु उपयुक्त ठानिन्छ । बिहानको खाना आइसकेपछि यसको सेवन फाइदाजनक हुने गर्छ ।

दहीमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम प्रचुर मात्रामा पाइन्छ। जसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ र यसले धेरै रोगसँग लड्न पनि मद्दत गर्छ । गर्मीमा मानिसहरुले दहीलाई फ्रिजमा चिसो गरेपछि मात्र खाने गर्छन् तर जाडोमा यसलाई फ्रिजमा राखेर खानु भने उचित हुँदैन् । अत्यधिक चिसो दहिले पनि जाडोमा राम्रो गर्दैन त्यसैले जाडोमा यसलाई फ्रिजमा नराखी ताजा दही खानु पर्छ ।

दहीका फाइदा

दहीमा हुने म्याग्नेसियम, पोटासियम र क्याल्सियम जस्ता आवश्यक पोषक तत्वले उच्च रक्तचाप नियन्त्रण गर्छ भने यसमा पाइने एमिनो एसिडले दिमागलाई शान्त बनाउँछ । प्रोटिन र क्याल्सियमयुक्त दहीमा मेटाबोलिजम बढाउने क्षमता हुन्छ ।  जब मेटाबोलिजमले राम्रोसँग काम गर्छ, यसले तौल घटाउन पनि मद्दत गर्छ।

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले शरीर र पेटमा हुने खराब ब्याक्टेरियासँग लड्छ । दैनिक दही खाँदा श्वास प्रश्वाससम्बन्धी समस्या बाट पनि टाढा राख्छ । दहीमा क्याल्सियमका साथै भिटामिन बी ५ प्रशस्त मात्रामा पाइन्छ, जसले छालासम्बन्धी समस्या हुन दिदैन् । त्यसैले दही जाडाे र गर्मी दुबै माैसमा गुणकारी छ ।