NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चीनद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति छिमेकी मुलुक चीनले दुःख व्यक्त गरेको छ । नेपालको लागि चीनका नवनियुक्त राजदुत चेन सोङलेले सामाजिक सञ्जाल ट्वीट गर्दै उनले घटनाप्रति स्तब्ध भएको उल्लेख गरेका छन् ।

‘पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु । यस दुःख घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ । मृत्तकहरूप्रति गहिरो श्रद्धाञ्जली र शोकसन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु’, राजदुत सोङले उल्लेख गरेका छन्।

यसअघि विमान दुर्घटनाप्रति अमेरिकाले पनि दुःख व्यक्त गरेको थियो । काठमाडौंबाट पोखरा गएको विमान नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटना हुँदा अहिलेसम्म ६४ जनाको ज्यान गएको घटनास्थलमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । विमानमा चार जना चालक दलका सदस्यसहित ५३ जना नेपाली र १५ जना विदेशी सवार थिए ।