मौसमका कारण आन्तरिक उडान प्रभावित
काठमाडौं । सोमबार बिहानैदेखि देशभरका आन्तरिक हवाई उडान प्रभावित भएका छन् । हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम भएपछि उडान प्रभावित भएका हुन् । अन्तर्राष्ट्रिय उडान तथा अवतरण भने नियमित भइरहेका छन् ।
भिजिबिलिटी कम भएकाले सोमबार बिहानको आन्तरिक उडान प्रभावित भएके काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । आएफआरका कारण अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ ।


प्रतिक्रिया