NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेता पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगेका छन् ।

उपमहासचिव पुनको स्वास्थ्य अवस्थाबारे बुझन प्रधानमन्त्री दाहाल अस्पताल पुगेका हुन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनकाे स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरबाट उनलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएकाे थियाे ।

स्वास्थ्यमा समस्या आएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराएका थिए । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौं ल्याइएको थियाे ।