कांग्रेसले सभामुखमा उम्मेदवारी दिने
काठमाडौं । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ ।
सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख पदमा अन्य दलसँग पनि सल्लाह गरेर उम्मेद्वारी दिने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले राससलाई जानकारी दिए ।
यससम्बन्धी औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दल कार्यसमितिका पदेन सदस्यहरुको बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पनि उनले बताए । दल कार्यसमितिको निर्वाचन नभएकाले दलका नेता, महामन्त्रीद्वय र दलका प्रमुख सचेतकको बैठकले निर्णय गर्न लागेको हो ।
कांग्रेस पदाधिकारी बैठकअघि सभापति देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आफ्नै निवास धुम्बाराहीमै भेट गरेकाे कांग्रेसले जनाएको छ ।
ताजा अपडेट
-
ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्
-
भूमिहीनका नाममा झुटा विवरण पेश गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
-
नेप्से २१ अंकले घट्यो
-
खाना पकाउने ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी बल
-
ट्रम्पको नयाँ आयात शुल्कविरुद्ध अमेरिकाका २५ राज्य अदालत पुगे


प्रतिक्रिया