किन गरिन् न्युजिल्याण्डकी प्रधानमन्त्रीले पदत्यागको घोषणा ?
एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन् ।
आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छन् ।
४२ वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताउइन्। ‘म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मरो समय हो,’ पार्टी बैठकमा विश्रामको घोषणा गर्दै उनले भनिन् । फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उनले बताइन्। पार्टीका सदस्यले देशलाई नेतृत्व गरेकामा आभार व्यक्त गरेका थिए ।
कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्वादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा उनले देशको नेतृत्व गरिन्
सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उनी विश्वकै कान्छी महिला सरकार प्रमुख भएकी थिइन् । उनले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताएकी छन् । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उनी उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री भइन् ।
ताजा अपडेट
-
स्वास्थ्य बीमा प्रणाली सुधारका लागि कानुनी परिमार्जन अघि बढाइँदै
-
पीआर लिएर विदेशमा बसेका दुई कर्मचारीलाई कारबाही प्रक्रिया शुरु, अन्य कर्मचारी पनि निगरानीमा
-
दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
चिया उद्योग बन्द गर्ने घोषणा
-
खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने दाङका एक युवक लागुऔषधसहित पक्राउ


प्रतिक्रिया