NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हट्यो

काठमाडौं । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत परिपत्र जारी गर्दै सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ ।

केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चितिमा दवाव परेको भन्दै  एक वर्षदेखि ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।

आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेसँगै अब व्यवसायीहरूले कुनै पनि प्रकारको नगद मार्जिन  राख्नुपर्ने बाध्यता हटेको छ । व्यवसायीहरूले सरकारलाइ केही समयदेखि नै आयातमा लगाएको शतप्रतिशत मार्जिन हटाउन दवाव दिँदै आएको थियो ।