NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोइरीलाई एमालेसँग जोडेर धारणा नबनाउन एमाले सांसद महासेठको आग्रह

काठमाडौं । हत्या आरोपी आफ्ना सांसद लक्ष्मी महतो कोइरीमाथि विपक्षी दलले संसदमा प्रश्न उठाएपछि एमाले सांसद रघुवीर महासेठले कोइरी दोषी भए पक्राउ गर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका महासेठले महतो पक्राउ नगरेको विषयलाई एमालेसँग नजोड्न आग्रह गरेका हुन् ।

उनी दोषी हो भने अघिल्लो सरकारले उनलाई किन पक्राउ गरेन ? मन परेन कि अपराधी भन्ने ? विपक्षी कांग्रेसमाथि प्रश्न उठाउँदै भने, पूर्ववर्ती सरकारले त उहाँलाई सम्मान गर्ने काम भएको थियो । आज आएर प्रश्न उठाउन मिल्छ ?’

साथै उनले कोइरी दोषी भए खण्डमा पक्राउ परे एमालेले हस्तक्षेप नगर्ने उनले बताए । अदालतले दोषी किटानी नगरेकाले अहिले नै अपराधी भएजस्तै गरी उनीबारे धारणा नबनाउन उनले अनुरोधसमेत गरे ।