NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बाजुरामा भूकम्प जाँदा एकजनाको मृत्यु

काठमाडाैं । बाजुराको हिमाली गाउपालिका बिच्छ्या केन्द्र बिन्दु बनाइ गएको ५.९ रेक्टरको भूकुम्पमा परी एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौमुल गाउपालिका वडा न २ निवासी जमुना रोकाया रहेका छन् । उनको पहिरोमा परि घटनास्थलमै मृत्यु भएको छ ।

आज दिउँसो अपराह्न २;४३ बजे भुकम्प गएको हो । भूकम्पको कारण बाजुरमामा दर्जनौ घर पुर्ण रुपमा भत्किएको छन भने १०० घर बस्न लायक नहुने गरि चर्किएका छन्  ।

क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ । त्यहाँ नेटवर्क अवरूद्ध भएको कारण क्षतिको विवरण लिन समस्या भइरहेको जनाइएको छ ।