NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

हारको सम्मुखमा पुगेर जोगियो बार्यन

काठमाडौं । बायर्न म्युनिख र एफसी कोल्नबीचको खेल बराबरीमा रोकिएको छ ।

जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन् ।

एल्य्स स्खिरीले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ९० औं मिनेटमा जोसुवा किमिचले निर्णायक गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

योसँगै बायर्न १७ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा यथावत् रहन सफल भएको छ भने कोल्न २१ अंक जोडेर दशौँ स्थानमा छ ।