NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नाइजेरिया विष्फोट : २७ जनाको मृत्यु

अबुजा । मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ ।

विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी प्रवक्ता रमहान नान्सेलले जानकारी दिएका छन् । घटनामा ज्यान गुमाएका सबै फिरन्ते पशुपालक भएका उनले जनाएका छन् ।

विष्फोटको कारण पत्ता लगाउन प्रहरीका साथै अन्य सुरक्षा निकायका अधिकारी परिचालन गरिएको छ । नासारवाका गभर्नरले विष्फोटलाई दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।