लोकदोहारी क्षेत्रले गुमायो फेरि अर्को प्रतिभा
काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटनामा गायिका नीरा छन्त्यालको मृत्यु भएको दुई साता नपुग्दै पौडेलको निधन भएको हो ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले पौडेलको मृत्यु भएको पुष्टि गरे ।
उनको मृत्युको कारण भने खुलेको छैन ।
स्याङ्जाको खुदी स्थायी ठेगाना भएका पौडेल दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी लाइभ दोहोरीमा निकै रुचाइएका थिए ।
ताजा अपडेट
-
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य
-
काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने, प्राधिकरणले सार्वजनिक गर्यो समयतालिका
-
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
-
कांग्रेस सभापतिमा गगन थापा विजयी
-
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश


प्रतिक्रिया