NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

काठमाडौं । प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सिइओको जिम्मेवारी दिएको हो ।

यसअघि शेरचनले प्रभु बैंकमा २ कार्यकाल सीईओ भएर काम गरिसकेका छन् ।

सन् १९९५ मा तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करियर थालेका उनले बैंकिङ क्षेत्रमा २७ वर्षको अनुभव हासिल गरेका छन् ।

उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका छन् । तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका छन्।

जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका छन् । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका छन् । आगामी माघ १८ देखि उहाँले तेस्रो कार्यकाल सुरु गर्छन् ।