NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

झारखण्डको अस्पतालमा आगलागी, चिकित्सक दम्पतीसहित ५ को मृत्यु

काठमाडौं । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा आज बिहान करिब २ बजे आगो सल्केको थियो ।

आगो अस्पतालको दोस्रो तलामा फैलिएको थियो ।

आगोमा परेर अस्पतालतका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु भएको छ ।

अस्पताल धुँवाले भरिएको र अक्सिजनको अभावमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको तथा त्यसको अनुसन्धान भइरहेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरबिन्दकुमार बिनाले बताएका छन् । ।