पेरुको संसदले मानेन राष्ट्रपतिको निर्देशन
काठमाडौं (एजेन्सी) । पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गर्नुभएको अनुरोध अस्वीकार गरेको छ । यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो ।
राष्ट्रपतिले निर्वाचनका लागि गरेको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ । गत महिना सदनले सन् २०२६ मा हुनुपर्ने निर्वाचनलाई आगामी वर्ष एप्रिलमा गर्न सहमति जनाएको थियो ।
संसद् विघटन गरी पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडपमा ४७ जनाको मृत्यु भइसकेको छ ।
विरोध प्रदर्शनका कारण सडक अवरुद्ध भएका छन्भने खाद्यान्न, इन्धनलगायत अन्य आधारभूत वस्तुको अभाव भएको छ । सडक अवरोध हटाउन सरकारले थप सुरक्षाकर्मी परिचालन गर्ने बताएको छ । पेरुको स्वतन्त्र मानवअधिकार कार्यालयले सडक अवरोधका कारण उपचार नपाएर दुई जना शिशुसहित १० जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
ताजा अपडेट
-
खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने दाङका एक युवक लागुऔषधसहित पक्राउ
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-
अध्ययन बिदा बसेका शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित
-
नागढुंगा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी


प्रतिक्रिया