NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रिस्टनलाई पराजित गर्दै टोटेनहम पाँचौ चरणमा

काठमाडौं । प्रिस्टनलाई पराजित गर्दै टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा प्रिस्टनलाई ३–० गोलान्तरले हराउँदै टोटेनहमले पाँचौं चरणको यात्रा सुनिश्चित गरेको हो ।

टोटेनहमको जितमा सन ह्युङ मिनले दुई र अर्नोट डान्जुमाले एक गोल गरे । ह्युङले ५० औं र ६९ औं तथा डान्जुमाले ८७ औं मिनेटमा गोल गरेका हुन् । डान्जुमाको यो डेब्यु खेल हो ।

उता, साउथह्याम्पटन पनि पाँचौं चरणमा प्रवेश गरेको छ ।
ब्लाकपुललाई २–१ गोल अन्तरमा हराउँदै साउथ ह्याम्पटनले पाँचौं चरणको यात्रा तय गरेको हो ।