बालुवाटारमा प्रचण्ड–ओली ‘फेस टु फेस’
काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालवीच बालुवाटारमा भेटघाट भइरहेको छ ।
माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमालेप्रति नरम हुन नसक्ने निष्कर्ष निकालेलगत्तै उनीहरूबीच भएको भेटलाई महत्वका साथ हेरिएको छ ।
सरकार गठनका लागि दुई पार्टी एकै गठबन्धनमा भएपनि एकअर्कावीच विश्ववासकाे वातावरण बन्न सकेको छैन । माओवादी केन्द्रले एमालेको हातमा शक्ति केन्द्रीत हुन दिन नहुनेमा जोड दिएको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनीहरूबीचको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरसांसदको हैसियतले गृहमन्त्रीको रूपमा पुर्नवहाली गर्ने विषयले पनि प्रवेश पाउने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
अध्ययन बिदा बसेका शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित
-
नागढुंगा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, पश्चिम तराईमा अत्यधिक गर्मी


प्रतिक्रिया