गृह मन्त्रालय चिन्तामा, अबैध बाटो हुँदै विदेश जानेको संख्या बढ्यो

काठमाडौं । बैदेशिक रोजगारका लागि अवैध प्रकृयाबाट विदेश जाने नेपालीहरुको संख्यामा ह्वात्तै बृद्धि भएको भन्दै गृह मन्त्रालयले चिन्ता जनाएको छ ।
गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर त्यस्तो अबैध वैदेशिक भ्रमण रोक्न सघाउन आग्रह गरेको हो ।
पुस २५ गते प्रहरी महानिरिक्षकको सचिवालयले गृह मन्त्रालयलाई यसबारे जानकारी गराएको थियो ।
विशेषगरी खुल्ला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न विमानस्थल प्रयोग गरेर विभिन्न देशमा भिजिट भिषाको आवरणमा विदेश जानेको संख्या बढेको र त्यस्ता नागरिकहरुले विदेशमा पुगेर दुख पाइरहेको गृह मन्त्रालयले जनाएको छ ।
त्यसरी अवैध रुपमा जाँदा नेपाली युवा युवतीहरुको हत्या हुने, उनीहरुमाथि यौन शोषण, बेचविखन, श्रम शोषण भइरहेको भन्दै गृहले चिन्ता जनाएको छ । गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पछिल्लो समय २७ जना नेपालीको नाम र उनीहरुको पासपोर्ट नम्बर सहितको विवरण उपलब्ध गराउँदै पत्राचार गरेको छ । उनीहरु जुनसुकै देशमा सम्पर्कमा आएपनि नेपाल फर्काइदिन गृहले भनेको छ ।
उनीहरु भिजिट भिषाको आवरणमा अवैध वैदेशिक रोजगारीमा जान लागेको गृहको दावी छ ।
मन्त्रालयले विदेशको विमानस्थल प्रयोग गर्दापनि सोही देशमा रहेको नेपाली दुतावासबाट नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयलाई भनेको छ ।
ताजा अपडेट
-
दर्शकको रोजाइमा किन पर्छन् हास्यविधाका चलचित्र ?
-
भागबण्डाको उल्झनमा गठबन्धन : प्रधानमन्त्रीले १६ वटा मन्त्रालयको भारी कहिलेसम्म बोक्ने ?
-
जग्गाको कित्ताकाट गर्न घुस माग्ने दुईजना अख्तियारको फन्दामा
-
दार्चुलामा आयोडिन नुनको खपत बढ्दै
-
दुई महिनदेखि प्रशासन कार्यालय प्रमुखविहीन, सेवा प्रवाहमा समस्या
प्रतिक्रिया