NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भारतमा प्रहरीद्वारा मन्त्रीको हत्या

काठमाडौं । भारतमा एक मन्त्रीको प्रहरीबाटै हत्या भएको छ । ओडिसाका स्वास्थ्य मन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले आइतबार गोली हानी हत्या गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, मन्त्री दास सार्वजनिक कार्यक्रममा सहभागी हुन झारसुगुना जिल्ला पुगेका थिए । त्यहीक्रममा गाडीबाट ओर्लने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

छातीमा गोली लागेर ढलेका उनलाई लगत्तै अस्पताल पुर्याइको थियो । तर चिकित्सकले बचाउन सकेनन् ।

प्रहरीले गोली हान्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाबारे सोधुपछ गरिए पनि अहिलेसम्म खुलेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।