NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पेट्रोल छर्केर युवकले लगाए आगो, छोराको मृत्यु, श्रीमती घाइते

काठमाडौं । बाँकेमा एक युवकले पेट्रोल छर्किएर आगो लगाइदिँदा छोराको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका–२, शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार साँझ श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका थिए । प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेर बालकलाई भेरी अस्पताल नेपालगञ्ज पुर्याइएकोमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवककी श्रीमती गंगाको पनि शरीरका २० प्रतिशत भाग जलेका छन् । हात, कान, घाँटीलगायत भाग जलेको उनको अहिले उपचार भइरहेको छ ।

भानुभक्तले पहिलेदेखि नै श्रीमतीलाई कुटपिट गर्ने र आइतबार पनि उनले झगडा गरेपछि आमाजूको घरमा गएर बसेकी थिइन् । आइतबार साँझ भने गंगा माइत हिँडेकी थिइन् । त्यही क्रममा भानुभक्तले गंगा र छोरामाथि पेट्रोल छर्किएर उनले आगो लगाइदिएको प्रहरीले जनाएको छ ।

पेट्रोल छर्किएर श्रीमती र छोरालाई आगो लगाउने भानुभक्त भारततर्फ फरार भएका छन् । उनलाई खोजी गर्न प्रहरी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।