आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने श्रीलंकाका पूर्वराष्ट्रपतिको घोषणा
एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) को समर्थनमा चुनाव लड्ने घोषणा गरेकाे डेली मिररले जनाएको छ ।
पूर्वराष्ट्रपति सिरिसेनाले एसएलएफपीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चुनाव लड्ने घोषणा गर्दै आफूविरुद्ध हुने कुनै पनि षडयन्त्रबाट आफू नडराउने बताए । ‘कुनै पनि षडयन्त्रसँग डराउँदिनँ । म कानुन र अदालतको सम्मान गर्छु । जस्तोसुकै समस्या आए पनि म एसएलएफपीको समर्थनमा अर्को राष्ट्रपतीय चुनावमा भाग लिनेछु,’ डेली मिररले मैत्रीपालालाई उद्धृत गर्दै समाचार छापेको छ ।
डेली मिररका अनुासर गत पुस २८ गते देशको सर्वोच्च अदालतले सिरिसेनालाई सन् २०१९ मा भएको ‘इस्टर सन्डे’ हमलाका पीडितलाई क्षतिपूर्तिस्वरुप १० करोड क्षतिपूर्ति दिन आदेश दिएको थियो । सिरिसेना सन् २०१५ देखि २०१९ सम्म श्रीलंकाका राष्ट्रपति थिए । श्रीलंकामा सन् २०२४ को सेप्टेम्बरमा राष्ट्रपतिको निर्वाचन हुनेछ ।
ताजा अपडेट
-
९.७७ प्रतिशतले बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति ?
-
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
-
कांग्रेसको १५ औँ महाधिवेशन मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी
-
गगन थापाको मतदातासँग आग्रह : मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ
-
दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला


प्रतिक्रिया