घरमा सुत्केरी हुनेको संख्या घट्यो
मान्म । कालीकोटको रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिकाको प्रभावकारी स्वास्थ्य सेवाका कारणले घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको नगरपालिकाका स्वास्थ्य संयोजक हंसराज बरालले बताए ।
गर्भवतीले नियमित गर्भ परीक्षण गराउने र उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्शसमेत दिने गरेकाले घरमा सुत्केरी गराउनेको संख्या शून्यमा झरेको उनको भनाइ छ । नगरपालिकामा नौवटै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि सुत्केरी हुन स्वास्थ्य चौकी आउने गरेका प्रमुख बरालले बताए ।
‘नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरीआधारभूत स्वास्थ्य एकाइमार्फत सेवा दिँदै आएको छ,’ उनले भने। रास्कोट नगरपालिका–१ का स्थानीय माया सञ्ज्यालले भने, ‘पहिला घरमा मात्रै सुत्केरी गराउने चलन रहेको थियो, नजिकै अस्पताल थिएनन्, तर अहिले स्वास्थ्य चौकीमा सुत्केरी गराउँदा सुरक्षित हुन्छ ।’
अहिले स्थानीयस्तरमा नै विशेषज्ञसहितको सेवा प्राप्त भएपछि उपचार सहज भएको स्थानीयको भनाइ छ ।
ताजा अपडेट
-
१५ दिनमा योग्य कारोबार संख्या ११ लाखनजिक, बिल अपलोड गर्न अनुरोध
-
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान, नेपाल गुणस्तर चिन्ह लिन व्यवसायीलाई आग्रह
-
अन्तर्राष्ट्रिय ऋण र अनुदान लिन मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य हुने
-
राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’
-
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ ६१ प्रतिशतले बढे


प्रतिक्रिया