धेरै तिर्खा लाग्छ ? हुन् सक्छन् यस्ता रोगको संकेत
काठमाडौं । कहिलेकाहीँ समयको अभावले शरीरमा हुने स्वास्थ्य सम्बन्धी परिवर्तनलाई हामीले बेवास्ता गर्छौं तर यस्तो लावरवाही अगाडि जाँदा स्वास्थ्य समस्याको कारण बन्न सक्छ। पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो ।
शरीरमा पानीकाे मात्रा प्रयाप्त पुग्नु अत्यावश्यक छ । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न जरूरी छ । यद्यपि, शरीरमा विभिन्न कारणले पानीको कमी हुन्छ ।
यसकाे लागि हामी पानी पनि पिइरहेका हुन्छाैं । तर कुनैबेला पानी पिउँदा पिउँदै पनि प्यास लाग्ने गर्छ । सामान्यभन्दा बढी पानी खान मन लाग्छ । पानी पिएपछि पनि मुख बारम्बार सुख्खा हुनु र एक्कासी तिर्खा लाग्नु पनि कुनै न कुनै रोगको लक्षण हुन सक्छ ।
मुख सुख्खा हुनु अल्जाइमरकाे संकेत पनि हुन सक्छ। मुख अत्यधिक सुख्खा भएकाे अवस्थामा यसले स्ट्रोक, मधुमेहकाे पनि संकेत गर्न सक्छ । चिन्ता, कुनै रोग, अत्याधिक खाना, व्यायामको कमी वा डिहाइड्रेसन र मधुमेहसँग सम्बन्धित औषधिको अभावले रगतमा चिनीको उच्च समस्या निम्त्याउँछ।
कहिलेकाहीँ सुख्खा मुखको यो लक्षण एचआईभी वा स्जोग्रेन्स सिन्ड्रोम जस्ता प्रतिरक्षा विकारको संकेत पनि हुन सक्छ। त्यस्तै, अर्काे रगतमा चिनीको मात्रा उच्च हुँदा घाँटी सुख्खा हुने गर्छ । उच्च रगतमा चिनीको मात्रालाई हाइपरग्लाइसेमिया भनिन्छ।
नेशनल हेल्थ मिसनका अनुसार हाइपरग्लाइसेमियामा मुख सुख्खा हुनुका साथै बारम्बार पिसाब लाग्ने समस्या देखिन्छ । यस्ताे धेरै तिर्खा लाग्ने समस्या भएमा पनि चिकित्सककाे परामर्शमा जानु पर्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया