युक्रेनको सहयोगका लागि दुई राष्ट्रपतिबीच भेट
किभ । युक्रेन र अष्ट्रियाका राष्ट्रपतिका बीचमा बुधबार भेटवार्ता भएको बताइएको छ । हाल युक्रेनको भ्रमणमा रहेका अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गरेका हुन् ।
उनीहरुका बीचमा युक्रेनको राजधानी किभमा बुधबार भेटवार्ता भएको बताइएको छ । सो भेटका क्रममा युक्रेनको सहयोगका विषयमा छलफल भएको बताइएको छ । भेटपछि युक्रेनका राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले जानकारी दिएको छ । रुसले आक्रमण गरेर ध्वस्त भएको युक्रेनका लागि हाल विश्वका देशहरुले सहयोग गर्दै आएका छन् ।
युरोपियन युनियनले पनि युक्रेनलाई विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । यस क्रममा आफूहरुले पनि युक्रेनलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता सो क्रममा अष्ट्रियन राष्ट्रपतिले जानकारी दिएका थियो ।
त्यस अवसरमा युक्रेनी राष्ट्रपति जेलिनिस्कीले युक्रेनलाई सहयोग गर्दै आएकामा अष्ट्रियालाई धन्यवाद दिएका थिए । युक्रेनलाई अष्ट्रियाले विगतमा गरेर २१ करोड ९० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको थियो ।
ताजा अपडेट
-
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य
-
काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने, प्राधिकरणले सार्वजनिक गर्यो समयतालिका
-
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
-
कांग्रेस सभापतिमा गगन थापा विजयी
-
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश


प्रतिक्रिया