पाकिस्तानको मस्जिदमा आत्मघाती हमलाकारी प्रहरीको पोशाकमा
पेशावर । पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोशाक र हेलमेट लगाएको एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिएका छन् ।
‘ड्युटीमा रहेकाले ती प्रहरीलाई जाँच गरेनन् किनभने उनी प्रहरीको पोशाकमा थिए, यो सुरक्षाको कमजोरी थियो,’ खैबर पख्तुनख्वा प्रान्तका प्रहरी बलका प्रमुख मोअज्जम जाह अन्सारीले एक पत्रकार सम्मेलनमा भनेका छन् ।
उत्तरपश्चिम पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद गत सोमबार विस्फोट भएको थियो । यस विस्फोटमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रमा आक्रमणका घटना लगातार बढिरहेको छ ।
मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै रहेका सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई जानकारी दिएका थिए ।
ताजा अपडेट
-
१५ दिनमा योग्य कारोबार संख्या ११ लाखनजिक, बिल अपलोड गर्न अनुरोध
-
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान, नेपाल गुणस्तर चिन्ह लिन व्यवसायीलाई आग्रह
-
अन्तर्राष्ट्रिय ऋण र अनुदान लिन मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य हुने
-
राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’
-
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ ६१ प्रतिशतले बढे


प्रतिक्रिया