NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बेसार, मेथी र अदुवा शरीरका लागि रामवाण

काठमाडौं । हरेक घरको भान्सामा बेसार, मेथी र अदुवाको प्रयोग हुन्छ । हामी तरकारी वा कुनै व्यजन पकाउँदा यसको मसला अवश्य नै हाल्ने गछौं ।

स्वादका लागि हामी यसको भरपूर्ण प्रयोग गरिहेका हुन्छौं । तर यसले स्वादमात्र दिदैन् तपाईको स्वास्थ्यमा पनि फाइदा गरिरहेको छ ।
बेसार, मेथी र अदुवाको मिश्रणलाई आयुवेर्दमा नै औषधीको रुपमा लिइन्छ । धेरै आयुर्वेदिक औषधिमासमेत यसको प्रयोग भइरहेको हुन्छ ।

बेसारमा तामा, जिंक, फस्फोरस, भिटामिन बी ‘६’ पाइन्छ । यसका साथै यसमा एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट र एन्टिफङ्गल तत्व पनि पाइन्छ भने मेथीमा प्रोटिन, क्याल्सियम, आइरन, फाइबर, पोटासियम, भिटामिन ‘सी’, भिटामिन ‘ए’ र भिटामिन ‘के’ प्रचुर मात्रामा पाइन्छ ।
यसै गरी अदुवामा कार्बोहाइड्रेट, फस्फोरस, म्याग्नेसियम, सेलेनियम, थायामिन, भिटामिन ‘सी’, भिटामिन बी ‘६’, भिटामिन बी ‘१२’, लिपिड एसिड जस्ता पोषक तत्वहरू पाइन्छ । जुन स्वस्थर जीवनशैलीका लागि आवश्यक छ ।

दुखाईको रामवाण
बेसार, मेथी र अदुवामा प्रोटिन, जिंक र धेरै भिटामिन पाइन्छन् । यसको सेवनले मांसपेशीको राम्रोसँग विकास हुन्छ र मांसपेशी बलियो हुन्छ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिले मनतातो पानीमा मेथी र अदुवा भुटेको धुलो बनाइ त्यसमा आधा चम्चा बेसार मिसाउने र उक्त मिश्रण खाने गर्दा यसले यस्तो समस्याबाट छुटाकारा दिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसको सेवन गर्न सकिन्छ । यी तीन मिश्रणले शरीरमा भएका धेरै प्रकारका ब्याक्टेरिया र भाइरससँग लड्न सक्षम बनाउँछ । यो धुलो रुघाखोकीको लागि रामवाण हो । बेसार, मेथी र अदुवा न्यानो प्रकृतिको हुन्छ । घाँटी दुख्ने र टन्सिल हुँदा यसको सेवन गर्नाले आराम मिल्छ ।