NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एजेन्सी । योगको सम्बन्धमा आम समाजको चासो बढ्दै गएको छ । स्वस्थ जीवनशैलीका लागि योग गर्नुपर्छ । योग शान्त, खुसी र स्थिर रहने विधि हो।

योगासनाको सहायताले प्राकृतिक स्वास्थ्यका साथै प्राकृतिक सौन्दर्य पनि प्राप्त गर्न सकिन्छ । व्यायामले मांसपेशी बलियो बनाउँछ। जबकि योग अभ्यासले हाम्रो शरीरको उर्जा बढाउँछ। जसले गर्दा हाम्रो दक्षताका साथै मानसिक क्षमता पनि बढ्छ ।

योग अभ्यासले दिन प्रतिदिन प्राण उर्जा बढ्दै जान्छ । शरीरको हरेक अंग र ऊर्जावान हुन्छ। जसले गर्दा शरीर स्वस्थ हुन्छ, रोगसँग लड्ने शक्ति पनि बढ्छ । योगले पाचन प्रणाली बलियो बनाउँछ । नियमित योगले मनलाई एकचित्त राख्छ भने रोग प्रतिरोधक शक्तिसमेत बढ्छ ।

यसले श्वासप्रश्वासलाई नियन्त्रण गरी फोक्सो र मुटुलाई स्वस्थ राख्छ । मोटोपना, कमजोरी, आलसता सबै योगको आसनबाट हटछ । सुन्दर शरीर र अनुहारका लागि पनि यसको उत्तिकै महत्व छ ।