१५ हजार भन्दा बढी कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले संघ, प्रदेश र स्थानीय तहका १५ हजार भन्दा बढी कर्मचारीले आफ्नो सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।
केन्द्रले वार्षिक प्रतिवेदन २०७८/०७९ मा आ.व ०७७/०७८ मा सम्पत्ति विवरण नबुझाउने कर्मचारीको संख्या १५ हजार ४०९ भएको जनाएको छ ।
त्यस्तै आ.व ०७६/०७७ मा १८ हजार १७० जनाले सम्पत्ति विवरण बुझाएका थिएनन् ।
सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार नियुक्तिको ६० दिनभित्र र हरेक आर्थिक वर्ष सुरू भएको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने हुन्छ ।
विवरण पेश नगरेको पाइएमा केन्द्रले कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान ऐनमा पत्राचार गर्छ । त्यस्ता व्यक्तिलाई पाँच हजार जरिवानासहित गैर कानुनी सम्पत्ति रहेको अनुमान गरी अनुसन्धान गर्न सकिने प्रावधान छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया