सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई सकस : बहुमत जुटाउन नसक्दा प्रदेशसभा बैठक फेरी स्थगित
काठमाडौं । सत्ता गठबन्धन दलहरूबीच सहमती नहुँदा सुदूरपश्चिम प्रदेशसभाको बैठक पुन : स्थगित भएको छ ।
बिहीबार दिउँसो १ बजेलाई बोलाइएको बैठकमा सत्ता घटक दल नागरिक उन्मुक्ति पार्टीले आफूले उठाएका मुद्दा सम्बोधन नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान कायमै राखेपछि बैठक अपरान्ह चार बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन । २९ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले विश्वासको मत लिनका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको थियो ।
तर नाउपाले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीले आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्न लिखित सहमति गर्नुपर्ने अडान राखेका छन् । बहुमतका लागि निर्णायक मानिएको नाउपाले विश्वासको मत नदिने सुदूरपश्चिम सरकार ढल्नेछ । अहिले मुख्यमन्त्रीसँग माओवादीको ११, एमालेको १० र राप्रपाको एक सदस्य रहेका छन् ।
५३ सदस्यीय रहेको प्रदेशसभा बहुमतका लागि २७ सदस्य आवश्यक पर्छ । सत्तारुढ दलबीच देखिएको खटपटको फाइदा उठाउँदै विपक्षी कांग्रेसले खेल्न खोजेको आरोप एमालेले लगाएको छ ।
मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । सभामुखले बैठक सारेकामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया