NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

मातहतका निकायलाई आफ्नै सभाहल प्रयोग गर्न पर्यटन मन्त्रालयको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायलाई आफ्नै सभाहल प्रयोग गर्न निर्देशन दिएको छ ।

आफ्नै सभाहल हुँदाहुँदै भाडामा कार्यक्रम सञ्चारलन गरी बजेट खर्च गर्ने प्रवृत्ति रोक्नका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । योसँगै अर्थ मन्त्रालयले खर्च कटौतीका लागि सबै मन्त्रालयलाई दिएको निर्देशन पालना स्वरूप पनि यो निर्णय गरिएको हो ।

अब मन्त्रालय अन्तर्गत रहेका निकायले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन परिसरभित्रका सभाहलको प्रयोग गर्नुपर्नेछ ।

त्यहाँ दुईसय क्षमताको एक, ५०–५० क्षमताको दुईवटा गरी तीन सय क्षमताका हलहरू छन् ।

काठमाडौं उपत्यका भित्र हुने तालिम, कार्यशाला गोष्ठि, समारोह तथा बैठक सञ्चालन गर्नुपर्दा उक्त सभाहलको प्रयोग गर्नुपर्नेछ ।