NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

योनीमा संक्रमण भएको कसरी थाहा पाउने ?

एजेन्सी । अधिकांश महिला योनी संक्रमणबाट गुज्रिरहेका हुन्छन् । तर उनीहरू खुलेर आफ्नो कुरा भन्न त्यति रुचाउँदैनन् । अस्पताल जान त झनै सहज महसुस गदैनन् । लाज र अरूले के भन्नलान भन्ने भय उनीहरूको मानसपटलमा बसेको छ ।

योनी संक्रमण एक सामान्य समस्या हो । तर यो सामान्य समस्या महिलाले हेलचक्राइ गर्दा भने गम्भीर बन्न सक्छ । योनि संक्रमणको सही समयमा उपचार गरिएन भने यसले गर्भावस्थामा समेत समस्या ल्याउन सक्छ ।

यो एक प्रकारको फंगल इन्फेक्सन हो । जसले योनिमा विभिन्न समस्या ल्याउने गर्छ । चिलाउने, पोल्ने र सेतो पानी अन्य दिनभन्दा बढी बग्ने र गन्हाउने भएमा योनीमा संक्रमण भएको थाहा पाउन पर्छ । योनि संक्रमणलाई गम्भीरतापूर्वक लिने महिलाहरू धेरै कम छन् ।

सामान्यतया सरसफाईमा ध्यान नदिने, सार्वजनिक शौचालयको प्रयोग गर्दा वा शारीरीक सम्पर्कबाट पनि योनी संक्रमण हुने गर्छ । बारम्बार संक्रमण भई उचित उपचार नपाएपछि महिलाको पाठेघरको स्तर बिग्रने, फेलोपियन ट्युब सदाका लागि बन्द हुने समस्या पनि योनी संक्रमणकै कारण हुन्छ ।

यसले महिलालाई बाँझोपनको समस्यामा समेत धकेल्न सक्छ । अध्ययन अनुसार ७५ प्रतिशत महिलाहरूलाई कम्तिमा आफ्नो जीवनकालमा एकपटक योनी संक्रमण हुन्छ । योनीमा ब्याक्टेरिया निष्क्रिय रूपमा उपस्थित हुन्छन्। जसले संक्रमण छिटो गराउँछ ।
आयुर्वेदिक जडिबुटि ‘अश्वगन्धा’ योनी संक्रमणमा प्रभावकारी हुने धेरै अध्ययनहरूमा देखाइएको छ ।

यसमा पाइने एन्टी माइक्रोबियलले संक्रमण हुनबाट जेगाउँछ । यसैगरी, नरिवलको तेल पनि यसका लागि लाभदायी हुन्छ । नरिवलको तेलमा पाइने लोरिक एसिडले योनिको संक्रमणलाई कम गर्न मद्दत गर्छ ।

संक्रमणबाट बच्न के खाने ?
लसुनमा एन्टिफङ्गल र एन्टिबायोटिक गुण हुन्छ, जसको सेवनले संक्रमणमा राहत दिन्छ । त्यसैले योनी संक्रमणमा लसुन खानु पनि राम्रो मानिन्छ । यसैगरी दही पनि राम्रो स्रोत हो । दहीमा राम्रो ब्याक्टेरिया अर्थात् प्रोबायोटिक्सले शरीरमा भएका खराब ब्याक्टेरिया फैलिनबाट रोक्छ । सेतो पानी बग्ने समस्यालाई पनि दहीको सेवन गर्नु लाभदायी मानिन्छ ।

ब्रो काउलीको सेवन स्वास्थ्यका लागि फाइदाजनक नै लिइन्छ । तर योनी संक्रमण हुँदा यो हानिकारक छ । यसबाहेक योनि संक्रमणबाट छुटकारा पाउन दिनको दुई वा तीनपटक दुई चम्चा एप्पल साइडर भिनेगर पिउन सकिन्छ । यस्तो समस्या भएका महिलाले मिठाई खानु हुँदन् । मिठाईले शरीरमा चिनीको मात्रा बढाउँछ र योनी संक्रमण पनि बढ्छ ।