NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कसरी भएको थियो सिद्धार्थ र कियाराको भेट?

एजेन्सी । बलिउड सेलिब्रेटी सिद्धार्थ मल्होत्रा र कियारा अड्वानीको विवाहको भिडियोले समाजिक सञ्जाल तात्तिएको छ । विवाहको घोषणा हुनेबेलासम्म आफ्नो सम्बन्ध गुपचुप राखेका यी दुईको पहिलो भेट सन् २०१८ मा भएको थियो । त्यतिबेला अभिनेता विक्की कौशलसँग कियारा आडवानीको छोटो फिल्म रिलिज भएको थियो । त्यो फिल्म ‘लस्ट स्टोरीज’को एक हिस्सा थियो।

सिद्धार्थ र कियाराको भेट यही फिल्मसँग सम्बन्धित एक पार्टीमा भएको थियो । यसअघि दुवै स्टारले एकअर्कालाई चिनेका थिएनन् । कियाराले यो कुरा ‘कफी विथ करण’ शोमा बताएकी छिन् ।

कियाराले त्यहाँ भनेकी छन्, ‘हामी लस्ट स्टोरीजको र्‍याप अप पार्टीमा भेट्यौं। त्यहाँबाट हामी दुवैले कुरा गर्न थाल्यौं । त्यो रात म कहिल्यै बिर्सन सक्दिन। पछि हामी दुवैको धेरै भेटघाट हुन थाल्यो।’

यो भेटपछि कियारा र सिद्धार्थ धेरै पटक सँगै देखिएका थिए ।

केही समय बितिसकेको थियो र सन् २०१९ मा, सिद्धार्थ र कियाराको सोसल मिडियाबाट एकसाथ दक्षिण अफ्रिकाका तस्बिरहरू सेयर भयो । ती तस्बिरहरू नयाँ वर्षको दिन खिचिएका थिए।

तर दुवैले एकअर्काको फोटो भने सेयर गरेका थिएनन् । त्यसपछि केही फ्यानहरूले ती तस्विरहरूमा केही ‘कनेक्सन’ खोज्न थाले र दुवैजना सँगै छुट्टि मनाउन दक्षिण अफ्रिका गएकोबारे चर्चा गर्न थाले ।

यसबारे सिद्धार्थ र कियारा दुवैले केही भनेका छैनन् ।

कियारा र सिद्धार्थ दुवैले आफ्नाे प्रेम सम्बन्धबारे कहिल्यै केही पनि बोलेनन् । कसैले सार्वजनिक मञ्चमा प्रश्न सोधेको अवस्थामा दुवैजना सुरूमा लज्जित हुन्थे र त्यसपछि जवाफ दिनबाट पन्छिन्थे।

दुवैजना ‘कफी विथ करण’ शोमा धेरै पटक देखा परेका थिए । कियाराले यस शोमा सिद्धार्थलाई साथीभन्दा बढी रहेको बताएकी थिइन् ।

यसबारेमा जब सिद्धार्थलाई सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘म विवाहपछिको राम्रो र खुसी भविष्यको प्रतिक्षामा छु र यदि यो भविष्य कियारासँग हुन्छ भने त्यो राम्रो हुनेछ ।’

एकपटक कपिल शर्माको शोमा दुवैजना सँगै आएका थिए । जब कपिलले कियारासँग ठट्टा गर्न थाले, सिद्धार्थ स्पष्ट रूपमा ईर्ष्यालु थिए र बारम्बार कपिललाई कियाराको भाइ भनेर सम्बोधन गर्ने प्रयास गरे।

एउटा फिल्मको सुटिङका ​​क्रममा कियाराको उपस्थितिसँग जोडिएको किस्सा सुनाउँदै सिद्धार्थले भनेका थिए, ‘म पञ्जाबी परिवारबाट हुँ । मैले रक्सी नपिउँदा परिवारका सदस्य पनि रिसाउँछन् । फिल्मको छायांकन गर्दा कियाराको उपस्थितिका कारण मलाई रक्सीको आवश्यकता परेन ।’

यो जवाफ सुनेर कियारा छक्क परिन् । त्यसपछि सिद्धार्थले भने– वास्तवमा फिल्मका पात्रहरूको कथा यति राम्रो थियो कि हामी त्यसमै सहभागी भयौं ।

अगस्त २०२१ मा, क्याप्टेन विक्रम बत्राको जीवनमा आधारित फिल्म ‘शेरशाह’ रिलिज भएको थियो।

यस फिल्ममा विक्रम बत्राको भूमिका सिद्धार्थ र प्रेमिका डिम्पलको भूमिका कियाराले निभाएकी छिन् । फिल्मको सुटिङका ​​क्रममा यी दुई स्टारबीचको निकटता बढेको थियो ।

जब फिल्म रिलिज भयो तब यो जोडीलाई पर्दामा पनि दर्शकले मन पराएका थिए ।फिल्मका धेरै गीत, दृश्य वा संवाद सामाजिक सञ्जालमा शेयर भएका थिए । फिल्मको सफलतासँगै दुवैको जोडीको पनि राम्रो चर्चा भयो ।

केही मिडिया रिपोर्टहरूले दावी गरे कि २०२१ मा उनीहरू दुवैका आमाबाबुले एकअर्कालाई भेटेका थिए।