NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

लोत्से मलमा मोबाइल चोरी हुँदा नौ करोडको नोक्सान, प्रशासनबाट सहयोग नभएको गुनासो

काठमाडौं । आइतबार बालाजु परिसरमा आन्दोलन गर्ने यातायात व्यवसायी तथा मजदुरले लोत्से मलमा मच्चाएको लुटपाटबाट मोबाइल व्यवसायी मारमा परेका छन् ।

आन्दोलनको क्रममा मलको सटर नै फोडेर मोबाइल पसल चोरी हुँदा आठदेखि नौ करोडको क्षति भएको व्यवसायी अर्जुन चालिसेले बताए । यसबारे प्रहरी वृत्त बालाजुमा पनि उजुरी भइसकेको छ ।

तर, करोडौंको क्षति हुँदा प्रहरी प्रशासनबाट केही पनि सहयोग नभएको मोबाइल वितरक महासंघका अध्यक्षसमेत रहेका व्यवसायी दिनेश चुल्याद्योले नेपालवाचलाई बताए । ‘हामीले घटनाबारे प्रहरीमा उजुरी पनि दिइसकेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म पनि प्रशासनबाट केही पनि सहयोग भएको छैन । यही घटना सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन गर्दै छौं ।’

प्रहरीले आन्दोलनको उचित व्यवस्थापन गर्न नसक्दा चोरीको घटना हुन पुगेको उनको आरोप छ ।