NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बालाजुमा उदण्ड मच्चाउने १२ जना पक्राउ

काठमाडौं । आइतबार बालाजु परिसरमा उदण्ड मच्चाउने १२ जना यातायात व्यवसायी तथा मदजुरहरू पक्राउ परेको छन् ।

लोत्से मलमा लुटपाट गर्ने र आन्दोलनमा रहेका १२ जना हाल प्रहरीको नियन्त्रणमा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रवक्ता हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।

‘अन्यको पनि खोजी कार्य जारी छ । प्रहरीको सहयोग पाइएन भन्नेबारे व्यवसायीले गरेको एकतर्फी गुनासो सत्य होइन,’ उनले भने, ‘आन्दोलनलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको हो । हामीले सबैलाई खोज्छौं र कानुनबमोजिम कारवाहीको दायरामा ल्याउछौं ।’

उनका अनुसार आन्दोलनकारीले प्रहरीको दुईवटा भ्यान जलाएका छन् भने दुईवटा प्रहरी पोष्टमा क्षति पुर्याएका छन् । लोत्से मलमा लुटपाटसँगै उनीहरूको रवैका कारण ६४ जना प्रहरी घाइते भएका छन् । क्षतिको थप विवरण आउनै बाँकी भएको उनले बताए ।