NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ग्यास सिलिण्डरको अन्तिम मिति कसरी पत्ता लगाउने ?

काठमाडौं । हामीले दैनिक जीवनमा भान्सामा प्रयोग गर्दै आइरहेको एलपी ग्यासको पनि एक्स्पायर मिति तोकिएको हुन्छ । यो मितिबारे ज्ञान नहुँदा पनि विष्फोटका घटना भइरहेका हुन्छन् । कतिपयले यसबारे ख्याल गरिरहेका हुँदैनन् ।

यसको मिति सकिएपछि निम्त्याउने खतरा पनि उत्तिकै भयावाह भएकाले सिलिण्डरको मिति पत्ता कसरी लगाउने भन्नेबारे सचेतना सबैमा हुनुपर्छ ।

सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। त्यही डण्डीमा यसको अन्तिम मितीलाई पेन्ट गरिएको हुन्छ।

त्यो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग दुई वटा अङ्क लेखिएको हुन्छ। हरेक तीन महिनालाई एउटा क्याटागोरीमा राखेर छुट्याइएको छ । त्यसैबाट अन्तिम मिती थाहा पाउन सकिन्छ। ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्छन् ।

A – जनवरी देखि मार्च
B – अप्रील देखि जून
C – जुलाई देखि सेप्टेम्बर
D – अक्टोबर देखि डिसेम्बरजनवरी देखि डिसेम्बर सम्म । त्यस्तै अक्षरपछि लेखिएको अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्छ।

उदाहरणको लागि, तपाईंको सिलिण्डरमा ‘A १८’ लेखिएको छ। यसमा, A ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ। अनि १८ ले सन् २०१८ को वर्षलाई जनाउँदछ। मतलब, तपाईंको सिलिण्डर सन् २०१८ को जनवरी देखि मार्च महिनासम्ममा एक्सपाइर हुन्छ।

यसबारे समयमै सचेत होऔं र अर्को पटक सिलिण्डर खरिद गर्दा या घरमा रहेको सिलिण्डरको अन्तिम मिति हेर्ने प्रयास गर्नुहोला ।