NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रियलमीको अहिलेसम्मकै स्लिम मोडल रियलमी १० नेपाल आउँदै

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ ।  ७.९५ मिमि मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ ।

यति स्लिम भएर पनि यसमा ब्याट्री भने शक्तिशाली ५००० एमएएचको जडान गरिएको कम्पनीको भनाइ छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्री भएकोले गर्दा दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीको दाबी छ ।

अहिलेका उपभोक्ताहरुको धेरैजसो समय स्मार्टफोनमा बित्ने गर्छ । गेम खेल्न होस् अथवा आफ्नो परिवार र साथीहरुसँग फोनमा कुराकानी गर्न होस् अथवा सामाजिक सञ्जालमै पनि अपडेटेड भइरहनको लागि फोन धेरै समयसम्म चलाईरहनुपर्ने हुन्छ । त्यसैले स्मार्टफोन डिजाइन गर्दा रियलमीले होल्डिङ एक्स्पिरियन्स (फोन समाउँदा हुने अनुभव) लाई अत्यन्तै प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ । रियलमीले आफ्ना अधिकांश उत्पादनहरु हलुका र स्लिम बनाउँदै आइरहेको छ । यसका साथै रियलमी आफ्ना नम्बर सिरिजहरुमा हरेक उपभोक्ताहरुको लागि उच्च–स्तरीय र स्टाइलिस उत्पादनहरु बजारमा ल्याउन प्रतिबद्ध छ ।

६.४ इन्चको ठुलो एमोलेड डिस्प्ले, दिनभरी आरामसँग चलाउनको लागि हलुका र अल्ट्रा–स्लिम बडीको साथ–साथै ५००० एमएएचको शक्तिशाली ब्याट्रि र हेर्दा आकर्षक देखिने स्टाइलिश डिजाइन भएको यो रियलमी १० नयाँ स्मार्टफोन किन्ने सोचमा भएका हरेकको लागि एकदमै उपयुक्त रोजाई हो ।

त्यस्तै ३.५ मिमिको हेडफोन ज्याक र २०० प्रतिशत अल्ट्राबुम स्पिकरले यसको आकर्षक डिजाइनमा अझै सुनमा सुगन्ध थपेका छन् । कम्पनीका अनुसार अब उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइलो पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मज्जा लिन सक्ने  ।

यो फोन क्ल्याश व्हाइट र रस ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ  ।

ताजा अपडेट

नेपालवाच विशेष