NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

माछापाेखरी घटना : बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारवाही सिफारिस

काठमाडौं । गत फगुन १ मा बालाजुस्थित माछापाेखरीमा भएकाे  प्रदर्शन तथा लोत्से मलमा भएको चोरी प्रकरणमा समयमा कमाण्ड सम्हाल्न नसक्दा बालाजु र सोह्रखुट्टेका तत्कालिन डिएसपीलाई कारवाही सिफारिस गरिएको छ ।

घटनासम्बन्धी छानविन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको छ । समितिका एक सदस्यका अनुसार प्रहरी परिसर छेवैमा घटना हुँदा कमण्ड सम्हाल्न नसक्दा बालाजु प्रहरी परिसरका तत्कालिन डिएसपी रबिन विष्ट र सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारवाहीको लागि सिफारिस गरिएको छ ।

डिआइजी मसाउद अलाम खाँको नेतृत्वमा गठन गरिएको समितिले घटनामा मुख्य कमजोरी दुई डिएसपी भएको औंल्याउँदै कारवाही सिफारिस गरेको हो ।

समितिमा उत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसरका काठमाडौंका एसपी रिताराम रिजालसहित पाँचजना थिए ।

त्यस्तै चोरीमा संलग्न ६१ जनालाई प्रहरीले पक्राउ गरिसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका अभियुक्तलाई म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।

ट्राफिक नियम उल्लंघनको जरिवाना रकमको विरोधमा आन्दोलमा उत्रिएका यातायात व्यवसायीले मलको सटरसमेत फोडेर लुटपाट मच्चाउनुसँगै आन्दोलनमा प्रहरी पोष्टसहि दुईवटा भ्यान जलाएका थिए ।