NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मान्छेले किन खान्छ माटो ?

एजेन्सी । तपाईंले कहिलेकाँही आफ्नो वरपर धेरै मानिसहरूलाई चक, माटो, रबर र कागज चपाउँदै गरेको पक्कै देख्नु भएको होला । अथवा नदेखेको भए यो सुनेर तपाईलाई अचम्म लाग्यो होला । तर धेरै व्यक्तिलाई यस्तो खाने बानी हुन्छ ।

खासगरी बच्चा र गर्भवती महिलाले यो मन पराउँछन् । कुनै कुनै व्यक्तिमा माटो, चक खाने शौख पनि हुन्छ । चिकित्सकहरूका अनुसार चक, माटो, रबर, कागज जस्ता अखाद्य वस्तु खाने बानी ‘इटिंग डिसअर्डर’ सँग सम्बन्धित विषय हो । यस्तो समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ ।

कहिलेकाहीं यस्तो बानी नभएका मानिसहरूले पनि अचानक माटो खान थाल्छन् । किनकी कतिपय अवस्थामा दिमागले शरीरलाई यी खानेकुराहरू खान आदेश दिन्छ र मानिसहरूले केही सोचबिचार नै नगरी खान थाल्छन्। त्यसपछि उनीहरुमा बिस्तारै यो बानीको विकास हुँदै जान्छ ।

यसले व्यक्तिलाई भित्र भित्र गम्भीर रोगको सिकारसमेत बनाउन सक्ने चिकित्सक बताउँछन् । शरीरमा आइरनको कमीले गर्दा पनि मानिसहरू यस्ता चिज खान प्रेरित हुन्छन् । यसको सेवनले आइरनको कमी पूर्ति हुन्छ भन्न सोचले यस्ता कुरा खान मन लाग्ने विज्ञ बताउँछन् । यस्तो अवस्थामा मानिसले चाहेर पनि आफूलाई नियन्त्रण गर्न सक्दैनन् र माटो, कागज आदि खान थाल्छन् ।

धेरैलाई बिस्तारै यसको लत लाग्न थाल्छ । तर माटो खाने बानी खतरनाक हुन सक्छ । यसले पेटमा गम्भीर संक्रमण निम्याउँछ र विस्तारै तपाईको पाचन प्रणाली निष्क्रिय बनाउँछ । भारतीय डाइटिसियन कोमल सिंह यसबाट बच्ने सबैभन्दा राम्रो उपाय शरीरलाई सबै प्रकारका पोषक तत्व उपलब्ध गराइरहनु भएको बताउँछिन् ।

उनका अनुसार दैनिक आहारमा आइरनयुक्त खानेकुरामा जोड दिँदा यसबाट छुटकारा पाउन सकिन्छ । शरीरमा यस्तो पोषण पर्याप्त भएमा दिमागले शरीरलाई यी चिजहरू कहिल्यै खान दिँदैन। यस्तो समस्यामा चिकित्सको परामर्श र सल्लाहमा आइरन सप्लिमेन्ट पनि लिन सकिने उनी सुनाउँछिन् ।