NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

परीक्षामा प्रश्नपत्र बाहिरिन नदिन १२ घण्टा इन्टरनेट बन्द !

काठमाडौं । राजस्थानमा ४८ हजार शिक्षक पदका लागि भर्ती परीक्षा भइरहेको छ। परीक्षामा कम्तीमा आठ लाख उम्मेदवार सहभागी छन् ।

परीक्षाका लागि प्रदेशका ११ जिल्लामा तीन हजार परीक्षा केन्द्र तोकिएको छ । जसमा जयपुर, अजमेर, कोटा, भीलवाडा, टोंक, अलवरलगायत अधिकांश जिल्लामा आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म इन्टरनेट सेवा बन्द गरिएको छ।

फागुन १५ गते दुई सिफ्टमा लिइएको परीक्षामा भरतपुर, कोटा, अजमेर, उदयपुरलगायत धेरै जिल्लामा इन्टरनेट बन्द गरिएको थियो ।

शिक्षक भर्ना परीक्षा आइतबार पनि दुई सिफ्टमा हुने भएको छ । त्यसपछिका परीक्षाहरू फेब्रुअरी २७, २८ र मार्च १ मा जयपुर जिल्लामा स्थापित परीक्षा केन्द्रहरूमा हुनेछन्।

यो परीक्षा सञ्चालन गरिरहेको राजस्थान कर्मचारी चयन बोर्डले परीक्षाको समयमा इन्टरनेट बन्द गर्न सरकारलाई पत्र लेखेको थियो ।

१२ घण्टा इन्टरनेट सेवा बन्द हुँदा अनलाइन काम प्रभावित भएको छ । जसका कारण जनताले पनि धेरै समस्या खेप्नु परेको छ ।

राज्यमा लगातार पेपर लिकका घटना भइरहेका छन्। यस्तो अवस्थामा यो परीक्षा सफलतापूर्वक सञ्चालन गर्नु सरकारका लागि चुनौतीपूर्ण बनेको छ ।