NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सन्दीपलाई दियो सर्वोच्चले विदेश जाने अनुमति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जाने अनुमति दिएको छ ।

नाबालिग बलात्कारको आरोप खेपिरहेकाउनलाई विदेश गएर क्रिकेट खेल्न अनुमति दिइएको हो ।

विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले दायर गरेको रिटमाथि आज न्यायाधीश सपना प्रधान मल्ल र कुमाल चुडालको संयुक्त इजलासले सुनुवाइ गरेको थियो ।

उनलाई केही समयअघि उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै पासपोर्ट रोक्का गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

हाल उनीविरूद्धको बलात्कारको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

त्यस्तै उनलाई धरौटीमा छोड्ने आदेशलाई पनि सर्वोच्चले सदर गरिदिएको छ ।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको उनलाई २८ पुसमा उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष