NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले ग्याँसबाहेक सबैको मूल्य घटाएर पठाएको छ । नयाँ मूल्यसूचीअनासर पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटाएर पठाएको छ ।

निगमका अनुसार आईओसीले डिजेलको मूल्य ५ रूपैयाँ ५ पैसा घटाएर पठाएको छ । त्यस्तै मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको छ ।

आईओसीले नयाँ मूल्यसूची पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन ।

 

ताजा अपडेट

नेपालवाच विशेष