NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

सरकारी कर्मचारीको खाजा खाने समय घट्यो

काठमाडौं । सरकारी कर्मचारीले खाजाका लागि अब आधा घण्टा मात्रै समय पाउने भएका छन् ।  यो प्रयोजनका लागि एक घण्टा समय दिइँदै आएकोमा त्यसलाई घटाएर आधा घण्टामा झारिएको हो ।

यसअघिको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय राजपत्रमा प्रकाशित हुन भने बाँकी छ । यसमा समेटिएपछि देशभरका सरकारी कार्यालयमा नयाँ नियम लागू हुनेछ ।

कर्मचारीको खाजा समयलाई लिएर यसअघि आलोचना हुँदै आएको थियो । यसैलाई मध्यनजर गरेर सरकारले यस्तो निर्णय लिएको हो ।

यो निर्णय कार्यान्वयनपछि सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।