मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की, पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण
काठमाडौं (एजेन्सी) । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की आएको छ । साथै उनको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गरिएको छ ।
अर्जेन्टिनाको बन्दुकधारी समूहले मेसीको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मेसीको गृहनगर रोजारियोको एक सुपरमार्केटमा गोली चलेको लेखेका छन् । बन्दुकधारीले लक्ष्य गरेर गोली चलाएको सुपरमार्केट मेसीको पत्नी एन्टोनेला रोकुज्जोका आफन्तहरूको भएको बताइएको छ ।
स्थानीय प्रहरीले घटनाको पुष्टि गर्दै १४ राउण्ड फायरिङ भएको जनाएको छ ।
आक्रमणकारीहरूले मेसीका नाममा एउटा नोट छोडेका छन् । जसमा मेसीको ज्यान लिने धम्की दिइएको छ ।
आक्रमणकारीले अन्धाधुन्ध गोली चलाए पनि मानवीय क्षति भएको छैन । तर सुपरमार्केटमा धेरै नोक्सान पुगेको जनाइएको छ । घटना भएको स्थान देशको तेस्रो ठूलो सहर हो।
रोसारियोका मेयर जाभाकिनले घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मेसी र उनको पत्नीले घटनाबारे अहिलेसम्म मुख खोलेका छैनन् ।
मेयर जावाकिनले रोसारियो सहरमा संगठित अपराध रोक्न सुरक्षा बलहरू असफल भएको उल्लेख गर्दै घटनाबारे मेसीको श्रीमतीको परिवारसँग कुरा गरेको र उनीहरू चिन्तित रहेको बताए ।
मेसीको सार्वजनिक छवि निकै अनुशासित, शालीन र भद्र खेलाडीका रूपमा छ । कतार विश्वकपमा उनको कप्तानमा उत्रिएको अर्जेन्टिनाले ३६ वर्ष लामो उपाधिको खडेरी तोड्दै आफ्नो पोल्टामा पारेको थियो । उनै मेसीमाथि अहिले आफ्नै देशभित्रबाट ज्यान लिने धम्की आएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया