खाना खाएपछि नुहाउँदा के हुन्छ ?
एजेन्सी । खाना हाम्रो जीवनको अपरिहार्य कुरा हो । खानासँग व्यक्तिको जीवन जोडिएको हुन्छ । खानपान व्यक्तिको स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । खाना खाइसकेपछि नुहाउन राम्रो मानिदैन । आयुर्वेदमा यसलाई उचित मानिदैँन । आयुर्वेदका अनुसार मानिसको दिनचर्याका लागि निश्चित समय तोकिएको हुन्छ । आयुर्वेदमा खाना खाएपछि दुई घण्टासम्म नुहाउन नहुने उल्लेख गरिएको छ ।
खाना खाएपछि पञ्च तत्वमध्ये अग्नि तत्व सक्रिय हुन्छ, जसले पाचनका लागि रगतको सञ्चार बढाउँछ । खाना खाइसकेपछि नुहाउनाले मेटाबोलिज्म सुस्त पार्छ । पाचन प्रक्रिया राम्रो हुनाका लागि शरीर तात्न जरुरी हुन्छ । खाना खाएपछि चिसो पानीले नुहाउँदा शरीरको तापक्रम घट्छ र पाचन प्रणालीमा असर गर्छ ।
खाना खाए पछि नुहाउनाले पुरै शरिरमा गढबडी आउँछ । त्यसैले खाना खाए पछि २ देखि ३ घण्टामा नुहाउनु पर्छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया