NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आईफोन १४ को नयाँ भेरियन्ट सार्वजनिक, के-के छन् विशेषता ?

काठमाडाैं । एप्पलले आईफोन १४  को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । एप्पलले गत वर्ष आईफोन १४ सिरिज सार्वजनिक  गरेको थियो ।

अहिले कम्पनीले आईफोन १४ र आईफोन १४ प्लस को नयाँ भेरियन्ट लन्च गरेको हो । यसको रङ पहेंलो रहेको छ ।

केही समयअघि देखि नै कम्पनीले आईफोन १४ को नयाँ भेरियन्ट लन्च गर्न सक्ने चर्चा थियो । अहिले कम्पनीले आधिकारिक रूपमा सार्वजानिक गरेको जनाएको छ ।

यद्यपि iPhone 14 Pro र iPhone 14 Pro Max को नयाँ भेरियन्ट आइसकेको छैन । यसअघि २०१८ मा, कम्पनीले आईफोन XR को पहेंलो संस्करण लन्च गरेको थियो। यसपछि कम्पनीले आइफोन ११ को पहेँलो भेरियन्ट पनि ल्यायो ।

वसन्त सिजनमा, कम्पनीले आफ्नो आईफोनको नयाँ कलर भेरियन्टहरू सार्वजनिक गरिरहेको छ। उदाहरणका लागि, गत वर्ष कम्पनीले iPhone 13 iPhone 13 Pro को Alpine Green कलर भेरियन्ट लन्च गरिएको थियो । कलरबाहेक नयाँ भेरियन्टमा अन्य कुनै परिवर्तन गरिएको छैन ।

यसको डिजाइनमा कुनै परिवर्तन भएको छैन भने हार्डवेयर स्पेसिफिकेशनमा पनि कुनै परिवर्तन भएको छैन । स्पष्ट रूपमा भन्ने हो भने मूल्य पनि त्यही पूरानो भेरियन्टको जस्तै रहेको कम्पनीले जनाएको छ ।

आईफोन १४ को बारेमा कुरा गर्दा, यो आईफोन १३ जस्तै देखिन्छ, तर यस पटक कम्पनीले प्लस भेरियन्ट लन्च गरेको छ। आईफोन १४ प्लसको बारेमा राम्रो कुरा यो हो कि यसले अधिक ब्याट्री ब्याकअप पाउँछ, तर डिजाइन अनुसार यो उस्तै देखिन्छ । आइफोन १४ को यो कलर भेरियन्टलाई जनताले कत्तिको मन पराउनेछन्, त्यो भने हेर्ने बाँकी नै छ । नेपालमा भने यो भेरियन्ट आइसकेको छैन ।