NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

नवनिर्वाचित राष्ट्रपति पौडेललाई देउवाले दिए बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पौडेललाई बधाइ दिएका हुन् । ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई’ देउवाले लेखका छन् ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल ३३ हजार ८०२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत पाएका छन् ।